Logo
Logo

प्रतिनिधिसभा विघटनको सुचना एक महिनापछि राजपत्रमा


- दृष्टि न्युज/संवाददाता

1k
Shares

काठमाडौं, ९ माघ । प्रतिनिधिभा विघटनको सुचना नेपाल राजपत्रमा प्रकाशित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत ५ पुसमा प्रतिनिधिसभा विघटन गरेकी थिइन् । प्रतिनिधिसभा विघटन भएको सुचना बल्ल महिना दिनपछि नेपाल राजपत्रमा प्रकाशित भएको हो ।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा बिहीबारको सुनुवाइमा बहस गर्दै अधिवक्ता ओमप्रकाश अर्याल र टीकाराम भट्टराईले प्रतिनिधिसभा विघटन भएको सूचना राजपत्रमा किन प्रकाशित नभएको भन्दै प्रश्न गरेका थिए । त्यसलगत्तै न्यायाधीश अनिलकुमार सिन्हाले प्रतिनिधिसभा विघटनबारे नेपाल राजपत्रमा प्रकाशित सूचना इजलासमा बुझाउन महान्यायाधीवक्ता कार्यालयलाई भनेका थिए ।
महान्यायाधीवक्ता कार्यालयले प्रतिनिधिसभा विघटन भएको एक महिनापछि बिहीबार राजपत्रमा प्रकाशित सूचना संवैधानिक इजलासलाई बुझाइएको हो । जसको सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्