Logo
Logo

कोरोना खोप लगाउने व्यक्तिको विवरण संकलन


- दृष्टि न्युज/संवाददाता

378
Shares

काठमाडौं, १० माघ । सरकारले कोरोना भाइरस विरुद्धको खोप लगाउने व्यक्तिको विवरण सूचीकृत गर्न थालेको छ ।

सबै स्वास्थ्य संस्थाहरुलाई विद्युतीय प्रणालीबाट विवरण पठाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्देशन दिएपछि विवरणहरु आउन थालेको छ । स्वास्थ्य संस्थाहरुले खोप लगाउने व्यक्तिको नाम सूचीकृत गरी मन्त्रालयमा पठाएका छन् ।

मन्त्रालयका उपसचिव मुक्ति खनालका अनुसार अहिलेसम्म ५० हजारभन्दा बढी खोप लगाउने व्यक्तिको नाम सूचीकृत गरिएको छ।मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. गुणनिधि शर्माले खोप लगाउने व्यक्तिको विवरण विद्युतीय प्रणालीमा तयार गरी मन्त्रालयमा पठाउन सबै स्वास्थ्य संस्थालाई बिहीबार नै निर्देशन दिएको बताए । उनले दुई दिनभित्रमा विवरण पठाइसक्न भनेको बताए ।

भारत सरकारबाट अनुदानमा प्राप्त कोभिशिल्ड खोप लगाउनका लागि सङ्घ, प्रदेश र स्थानीय तहमा सूचीकृत भएका सबै प्रकारका स्वास्थ्य संस्थालाई मन्त्रालयको वेवसाइटमा लगईन गरी तोकेको ढाँचामा विद्युतीय प्रणालीमा पठाउन निर्देशन दिइएको थियो ।

स्वास्थ्य संस्थामा कार्यरत कोभिड–१९ व्यवस्थापनमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, एम्बुलेन्स तथा शहवाहन चालक, कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु भएका शवको व्यवस्थापनमा खटिने सुरक्षाकर्र्मी, स्थानीय तहमा कार्यरत फोहोर व्यवस्थापन तथा सरसफाईकर्मीको सूचीसम्बन्धित संस्था प्रमुखद्वारा प्रमाणित गरी मन्त्रालयको विद्युतीय प्रणालीमा पठाउनुपर्ने हुन्छ ।

भारतले कोभिड–१९ विरुद्धको खोप कोभिशिल्ड विहीबार १० लाख मात्रा सरकारलाई उपलब्ध गराएको थियो । अहिले उपलब्ध खोप स्वास्थ्य सेवा विभागको केन्द्रीय चिस्यान केन्द्रमा भण्डारण गरिएको छ । एक व्यक्तिलाई दुई मात्रा दिइने उक्त खोप पाँच लाख जनालाई दिइने सरकारको तयारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्