Logo
Logo

विप्लवको बन्दः काभ्रेको मंगलटारमा विष्फोट, बनेपामा बम फेला


- दृष्टि न्युज/संवाददाता

2.2k
Shares

काठमाडौं, १० माघ । काभ्रेपलाञ्चोक जिल्लाको मंगलटारमा विष्फोट भएको छ । विष्फोटबाट कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।

गएराति भएको विष्फोट बम हो वा अरु केही भन्नेबारे प्रहरी अझै स्पष्ट हुन सकेको छैन । के र कसले विष्फोट गराएको भन्नेबारे एकिन नभएको प्रहरीको भनाइ छ ।

विष्फोट भएसँगै बीपी राजमार्गमा सवारी अवरुद्ध भएको थियो । अहिले अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । यस्तै काभ्रेको बनेपामा बम फेला परेको छ ।

बम निष्क्रिय पार्न सेनाको टोली घटनास्थल पुगेको छ । नेत्रविक्रम चन्द विप्लव समूहले आफ्ना नेता पक्राउको विरोधमा आज बन्द आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्