Logo
Logo

यस्तो छ आजको मौसम पूर्वानुमान, केही भागमा हल्का वर्षाको सम्भावना


- दृष्टि न्युज/संवाददाता

504
Shares

काठमाडौं, १० माघ । आजको मौसम पूर्वानुमान जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेको छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको महासाखाले जनाएको छ ।

अहिले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको र तराई भूभागहरु हुसु्कु र कुहिरो लागेको र बाँकी भूभागमा मौसम सामान्यतय सफा रहेको महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम, कर्णाली, र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा प्रदेश न १, र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकि भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का बर्षाको सम्भावना छ ।

यस्तै राति सुदूरपश्चिम, कर्णाली, र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा प्रदेश न १, र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ ।

आज काठमाडौंको न्यूनतम तापक्रम ४.१ डिग्री सेल्सियस रहेको छ । विहान साढे ६ बजेको तापक्रम ४.१ डिग्री सल्सियस मापन गरिएको छ । काठमाडौंमा विहान कुहिरो लागिरहेको छ भने दिउँसो आंशिक बदली रहने छ । दिउँसो काठमाडौंको तापक्रम १८-२० डिग्री सेल्सियस पुग्ने छ ।

प्रतिक्रिया दिनुहोस्