Logo
Logo

नयाँदिल्लीको एउटा रोडको नाम अब सुशान्तसिंह राजपुत मार्ग


- दृष्टि न्युज/संवाददाता

630
Shares

भारत — भारतको राजधानी नयाँदिल्लीको एउटा रोडको नाम दिवंगत अभिनेता सुशान्तसिंह राजपुतको नामबाट राखिने भएको छ । स्थानीय परिषदले गरेको निर्णय अनुसार दक्षिणी दिल्लीको एन्ड्रुगन्जदेखि इन्दिरा क्याम्पसम्मको रोडको नाम सुशान्तसिंह राजपुत मार्ग राखिने भएको हो ।

उक्त रोडमा धेरैजसो मानिसहरू बिहारबाट बसाइँ सरेर आएका र उनीहरूले सुशान्तको सम्झनामा सडकको नाम नै उनको नामबाट राख्न खोजेको समाचारमा उल्लेख छ । सुशान्त बिहारको राजधानी पटनामा जन्मिएका हुन् ।

गत जुनमा बान्द्रास्थित आफ्नै अपार्टमेन्टमा मृत फेला परेका राजपुत बिहीबार ३५ वर्षका पुग्ने थिए। जन्मदिनमा उनका समर्थकले राजपुतलाई सम्झिएका छन्।

राजपुतले भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनीको वायोपिकमा मुख्य भूमिका निर्वाह गरेका थिए। भारतीय टेलिश्रृंखलाहरूमा जमेका राजपुतले सन् २०१३ मा ‘काइपोचे’ फिल्मबाट बलिउडमा डेब्यु गरेका थिए। पछिल्लो समय उनले सारा अली खानसँग ुकेदारनाथु र श्रद्धा कपुरसँग ुछिछोरेु फिल्ममा अभिनय गरेका थिए। राजपुतको असामयिक निधनपछि उनले आत्महत्या गरेका नभई बलिउडको व्यवहार र उनको सम्बन्धले आत्महत्या गर्न बाध्य पारेको हो भन्दै ठूलो बहस भएको थियो । अहिलेसम्म पनि उनको मृत्यस रहस्यमय नै छ ।

प्रतिक्रिया दिनुहोस्