Logo
Logo

मलेसियामा ज्यान गुमाएका १७ जनाको शव नेपाल ल्याइयो


- दृष्टि न्युज/संवाददाता

756
Shares

काठमाडौं, १० माघ । वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएर विभिन्न कारणले ज्यान गुमाएका १७ जना नेपालीको शव काठमाडौं ल्याइएको छ ।
नेपाल एयरलाइन्सको विमानले शनिबार १७ नेपालीको शव ल्याइएको हो । वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा काम गर्न गएका नेपाली विभिन्न कारणले ज्यान गुमाएर त्यहाँ अलपत्र अवस्थामा थिए । मृतकका परिवारको पीडालाई बुझेर नाफाभन्दा पनि सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा शव ल्याएको नेपाल बायुसेवा निगमले जानकारी दिएको छ ।

निगमको क्वालालम्पुर गन्तव्यमा न्यारोबडी जहाजले नियमित उडान गर्दै आएको छ । नेपाली कामदारको शव लिनकै लागि निगमले वाइडबडी जहाज प्रयोग गरेको हो । शनिबार ल्याइएका शवहरु आफन्तलाई बुझाइएको छ ।

विदेशबाट ल्याइएका शव वैदेशिक रोजगार बोर्डले निःशुल्क घरसम्म पुर्याउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्