इस्लामावाद, १० माघ (एएफपी) । पाकिस्तानमा रेलको ठक्करबाट एक युवाको मृत्यु भएको प्रहरी स्रोतले शनिबार जानकारी दिएको छ । सामाजिक सञ्जाल प्रायः युवा युवतीबीच प्रख्यात ‘टिकटक’ बनाउनका लागि रेलमार्गमा हिँडिरहेका ती युवाको रेलको ठक्करबाट मृत्यु भएको बताइएको छ ।
पाकिस्तानको राजधानी शहर इस्लामाबादनजिकै शाह खालिदको छिमेकमा पर्ने रावलपिंडी शहरमा शुक्रबार सो दुर्घटना भएको जनाइएको छ । रेलमार्ग टिकटकको अभिनय गर्न व्यस्त १८ बर्षीय हमजा नाभेदको उनको साथीले टिकटक भिडियो बनाउँदै गरेको अवस्था रेलको ठक्करबाट मृत्यु भएको स्थानीय उद्धार एजेन्सीका प्रवक्ता राजा रफाकात जमानले ानकारी दिएका छन् । उद्धारकर्ताहरुले नाभेदलाई उद्धार गरेको अवस्थामा उनको मृत्यु भइसकेको पनि समाचारमा जनाइएको छ ।