Logo
Logo

विकसित घटनाक्रममा सेनाको चासो, सुक्ष्म अनुगमन गर्न प्रधानसेनापतिको निर्देशन


- दृष्टि न्युज/संवाददाता

378
Shares

काठमाडौं, ११ माघ । प्रधानसेनापति पूर्णचन्द्र थापाले वर्तमान परिस्थितिबाट विकसित हुनसक्ने सुरक्षा चुनौतिबारे सुक्ष्म अनुगमन र मूल्यांकन गर्दै जिम्मेवारी बहन गर्न मातहतलाई निर्देशन दिएका छन ।

 

हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिमको समापन कार्यक्रममा सम्बोधन गर्दैै प्रधानसेनापति थापाले वर्तमान परिस्थितिबाट विकसित हुन सक्ने सुरक्षा चुनौतिलाई ध्यानमा राखेर संविधानप्रदत्त जिम्मेवारी बहन गर्न आवश्यक समन्वय र तयारी गर्न समेत निर्देशन दिए ।

प्रतिनिधिसभा विघटनपछि राजनीतिक अस्थिरता उत्पन्न भएको यो परिवेशलाई सेनाले सुक्ष्म अध्ययन गरेको जनाएको छ । अधिकृतहरुलाई सम्बोधन गर्दै प्रधानसेनापति थापाले संवैधानिक दायित्व निर्वाह गर्न नेपाली सेना सदैव तयार रहनुपर्नेमा जोड दिएका छन् ।

उनले राष्ट्रिय सुरक्षा नीति र यसबाट विकसित हुने राष्ट्रिय प्रतिरक्षा नीति नेपाली सेनाका लागि महत्वपूर्ण हुने बताए ।

प्रतिक्रिया दिनुहोस्