Logo
Logo

लदाख समस्या समाधान गर्न भारत र चीनबीच सैन्य वार्ता हुँदै


- दृष्टि न्युज/संवाददाता

630
Shares

काठमाडौं, ११ माघ । लदाख समस्यालाई लिएर भारत र चीनका सैकमाण्डबीच आज वार्ता हुँदैछ । यसअघि नोभेम्बर ६ मा वार्ता गरेका दुई देशका सैन्य कमाण्डर पुनः वार्तामा जुटेका हुन ।

दुई देशको सीमा लदाखको एलएसीमा जारी विवाद समाधानका लागि दुई देशका सैन्य कमाण्डरबीच वार्ता हुन लागेको भारतीय संचार माध्यमले उल्लेख गरेका छन् ।

 

एलएसीनजिक चीनतर्फको भूभाग चुङ्सुलमा हुने वार्तामा भारतकोतर्फ एक्सआईभी कोर्प्सका कमान्डर लेफ्टिनेन्ट जनरल पीजीके मेनन र चीनतर्फ दक्षिण सिनजियाङ सैन्य क्षेत्रका कमान्डर मेजर जनरल लियु लिन सहभागी हुने बताइएको छ ।
लदाख समस्यालाई लिएर भारत र चीन धेरै पटक आमनेसामने भएका छन् । यसै बिषयलाई लिएर दुई देशबीच युद्ध सुनसक्ने अनुमान हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्