Logo
Logo

संग्रहमा इलामको साहित्यिक इतिहास


- दृष्टि न्युज/संवाददाता

315
Shares

इलाम, ११ माघ । साहित्यकार डा. देवी क्षेत्री दुलालले समग्र इलामको साहित्यिक इतिहासलाई पुस्तकमा ढालेका छन् । दुलालले ‘इलामको साहित्यिक इतिहास’ नामक पुस्तकमा इलामे साहित्यको इतिहास संग्रहित गर्ने प्रयत्न गरेका हुन् ।
पुस्तकमा इलाममा जन्मथलो र कर्मथलो बनाएका २ सय ५५ साहित्यकारको जानकारी दिइएको छ । कृति प्रकाशित गरेका ती साहित्यकारको नाम, ठेगाना र कृतिका बारेमा जानकारी गराइएको छ । दिग्गज साहित्यकारदेखि फाट्टफुट्ट लेखन गरेर कृति प्रकाशित गर्नेको फेहरिस्त क्रमानुगत लेखिएको छ ।
पुस्तक प्रकाशित नगरेका तर साहित्यकारमा दर्जिएका व्यक्तिको नामावली दिएको छ । जिल्ला बाहिरका साहित्यकारका बारेमा जानकारी दिइएको छ । इलामे इतिहासमा भेटिएका विसं १९२४ देखि हालसम्मका कृति बारेमा सविस्तार चर्चा गरिएको छ ।

“साहित्यिक नालीबेली पहिल्याउँदै जाँदा लिखित प्रमाणका आधारमा १९२४ सालभन्दा अघि बढ्न सकिन्न”, डा. दुलालले पुस्तकमा लेखेका छन् । “तर पहिलेका केही कृतिमा अन्य साहित्यकारको नाम उल्लेख गरे पनि इलामे पहिलो साहित्यकार सन्त ज्ञानदिल दास (विसं १८७८–१९४०) हुन् ।” पुस्तकमा विसं २००० भन्दा पहिले जन्म भएका ६२ साहित्यकारको चर्चा गरिएको छ । साहित्यकारको जन्मथलो, कर्मथलो साथै अहिलेको अवस्थाका बारेमा जानकारी गराइएको छ ।
पुस्तकमा आवश्यकतानुसार पुराना कृतिको तस्वीरसमेत समावेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्