काठमाडौं, ११ माघ । नेपाल इन्भेष्टमेण्ट बैंक र सिटी एक्सप्रेस फाइनान्सको एकिकृत कारोबार आज (आइतबार)बाट सुरु भएको छ । नेपाल राष्ट्र बैंकको स्वीकृति पाएसँगै यी दुई कम्पनीले एकिकृत कारोबार सुरु गरेको हो ।
दुई संस्थाबीचको संयुक्त कारोबार बैंकको घन्टाघर, बिर्तामोड र गाईघाटको तीन शाखाबाट सञ्चालन गरिएको बैंकले जनाएको छ । एकिकृत कारोबारले ग्राहकहरुलाई थप राम्रो सेवा दिने विश्वास रहेको बैंकले जनाएको छ ।
नेपाल इन्भेष्टमेण्ट बैंकले ८६ शाखा, १२८ एटीएम, २० एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५९ शाखारहित बैंकिङ काउन्टरहरूमार्फत् आफ्ना ग्राहकहरूलाई सेवा पुर्याउँदै आएको छ ।
पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको यस बैंक अन्तर्राष्ट्रिय प्रकाशन– युरोमनीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०१८’ युरोमनी अवार्डबाट समेत पुरष्कृत भइसकेको छ ।
यसबाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ।