Logo
Logo

ओली नेकपाको साधारण सदस्यबाट समेत निष्कासित


- दृष्टि न्युज/संवाददाता

2k
Shares

दृष्टि फाइल

काठमाडौं, ११ माघ । नेकपा प्रचण्ड–माधव समूहले केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट पनि निष्कासित गरेको छ । समूहको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले ओलीलाई साधारण सदस्य समेत नरहने गरि हटाएको हो । यसअघि समूहले अध्यक्षबाट ओलीलाई कारवाही गरेको थियो ।

माघ ५ गते प्रचण्ड–माधव पक्षले ओलीलाई स्पष्टीकरण सोध्ने निर्णयको पत्र बालुवाटारमा बुझाएको थियो । पुस ५ मा प्रतिनिधि सभा विघटन भएपछि विभाजित बनेको नेकपाका दुई समूहले एक अर्काप्रति कारबाहीको शृंखला चलाएका छन् । ओली समूहले प्रचण्डलाई कार्यकारी अध्यक्षबाट र नारायणकाजी श्रेष्ठलाई प्रवक्ताबाट हटाएको थियो ।

प्रतिक्रिया दिनुहोस्