काठमाडौं, १३ माघ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनको मौसम पुर्वानुमान जारी गरेको छ । देशमा अहिले पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम विभागले जनाएको छ ।
देशका पूर्वी पहाडी भूभागमा आंशिक बदली रहेको छ भने तराईका भू-भागमा बाक्लो हुस्सु/कुहिरो लागेको छ । बाँकी भू-भागमा मौसम सामान्यतय सफा रहेको विभागले जनाएको छ ।
देशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका भू-भागहरुमा बिहानीपख हुस्सु्रकुहिरो समेत लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।
मंगलबार देशका प्रदेश न. १ र गण्डकी प्रदेशको पहाडी भू-भागहरूमा आंशिक बदली रहि उच्च पहाडी तथा हिमाली भु(भागका १ वा २ स्थानहरुमा हल्का हिमापाको संभावना रहेको छ भने बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
बुधबार प्रदेश न. १, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश न। १ को उच्च पहाडी तथा हिमाली भू-भागका १ वा २ स्थानहरुमा हल्का हिमापातको संभावना रहेको छ।