Logo
Logo

प्रधानमन्त्री बन्ने रहर भए चुनावमा आउ : मुख्यमन्त्री शंकर पोखरेल


- दृष्टि न्युज/संवाददाता

1k
Shares

बुटवल, १३ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री हुन रहर गर्नेलाई चुनावमा सहभागी हुन चुनौती दिएका छ्न । राष्ट्रिय युवा संघ नेपालले आज (मंगलबार) बुटवलमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले पदका लागि नै विवाद देखिएको भन्दै प्रधानमन्त्री हुन रहर भए चूनाव लड्न चूनौती दिएका हुन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहालतर्फ इंगित गर्दै प्रधानमन्त्रीको रहर भए चुनावमा आउन बताएका हुन् । उनले प्रधानमन्त्री ओली पार्टीले टिका लगाएर प्रधानमन्त्री बनेको नभई जनताबाट अनुमोदित भएर प्रधानमन्त्री बनेकाको समेत बताए । अधिवेशन हारेका माधव नेपाल पार्टी फोडेर अध्यक्ष बनेको र बिघटीत संसदीय दलको बैठक बोलाएर प्रचण्ड दलका नेता बन्नु लज्जास्पद भएको उनको तर्क छ । मुख्यमन्त्री पोखरेलले जनताका पक्षमा निर्णय नगर्ने, दलको निर्णय नमान्ने सांसदको कुनै ओचित्य नभएको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्