Logo
Logo

एपीएफ क्लब प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा


- दृष्टि न्युज/संवाददाता

441
Shares

काठमाडौं, १४ माघ । नेपाल पुलिसलाई ३० रनले पराजित गर्दै एपीएफ क्लब प्रधानमन्त्री कपको फाइनलमा पुगेको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको पुलिसले २ सय ४ रनको लक्ष्य पछ्याएको पुलिस १ सय ७३ रन बनाएर अलआउट हुन पुग्यो । पूरा ओभरको ४ बल बाँकी रहँदै अलाउट भएको थियो ।

यसअघि पहिलो इनिङमा टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफले पूरा ५० ओभर खेल्दै ९ विकेट गुमाएर २ सय ३ रनको योगफल तयार गरेको थियो ।

अब फाइनलमा भोलि हुने आर्मी र बागमती प्रदेशको विजेतासँग एपीएफले उपाधि भिडन्त खेल्नेछ । कमाघ २ गतेदेखि सुरु भएको प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख हासिल गनेछन् । त्यस्तै, सेमिफाइनलिस्टले प्रतिटिम ५० हजार रूपैयाँ प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्