Logo
Logo

हिमालय र यती एयरलाइन्सबीच रणनीतिक व्यापार साझेदारी


- दृष्टि न्युज/संवाददाता

378
Shares

काठमाडौं, १४ माघ । हिमालय एयरलाइन्स र यती एअरलाइन्सले रणनीति व्यापार साझेदारी गरेका छन् । आज (बुधबार) सञ्जाल एकीकरण, विक्री वृद्धि विस्तार र दुवै कम्पनीको ई–कमर्श कार्य क्षमतामा क्रमिक विस्तारको लागि एक आपसमा रणनीतिक व्यापार साझेदारी गरेका हुन् । एप्लिकेशन प्रोगामिङ्ग ईन्टरफेस (एपिआई) को प्रभावकारी कार्यान्वयनका लागि पहिलो सम्झौता दुवै कम्पनीको प्रतिनिधिहरुले हस्ताक्षर गरेका हुन् ।

हिमालय एयरलाइन्स्ले हाल मध्य पूर्वी एशिया र दक्षिण एशियाका विभिन्न गन्तव्यमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गरिरहेको छ भने यती एयरलाइन्स्ले नेपालभर संजाल बिस्तार गरी विभिन्न आन्तरिक गन्तव्यहरुमा नियमित उडान गर्दै आएको छ ।

सम्झौता अनुसार दुबै एयरलाइन्सले आ–आफ्नो टिकटहरु जारी गर्न, नयाँ सेवाहरुलाई समावेश गर्नेे यात्रुहरुलाई टिकट खरीदमा सरलीकृत बनाउनुका साथै आफ्ना सेवाहरु एकअर्काको वेबसाईटमा सहज किसिमले उपलब्ध गराउने छन् ।

हस्ताक्षर कार्यक्रमपछि हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले दुई एयरलाइन्सबीचको सहकार्य हिमालय र यती बिच रणनीतिक व्यापारीक साझेदारीको दिशामा पहिलो चरण भएको प्रतिक्रिया दिए । “व्यवसाय विस्तारका लागि नयाँ मार्गहरु खोज्न, व्यवसायलाई बढाउन हाम्रो यो साझेदारी महत्वपूर्ण हुनेछ,”– उनले भने ।

यती एअलाइन्स्का प्रमुख कार्यकारी अधिकृत अनोज रिमालले हिमालय एयरलाइन्सलाई साझेदारको रुपमा पाउँदा आफूहरुलाई खुशी र उत्साहित बनाएको बताउनुभयो । उक्त सहकार्यले व्यवसायिक समुदायलाई सकारात्मक सन्देश दिएको बताए ।

प्रतिक्रिया दिनुहोस्