काठमाडौं, १४ माघ ।
नेपाल प्रहरी अस्पतालमा कोभिड खोप सुरु भएको छ । प्रहरीका स्वास्थ्यकर्मीलाई बुधबारदेखि खोप लगाउन सुरु गरिएको छ ।
पहिलो चरणमा स्वास्थ्यकर्मीलाई खोप लगाउने सरकारको निर्णय छ । प्रहरी अस्पतालमा सुरु भएको खोप अभियानको प्रधानमन्त्री केपी शर्मा ओली, स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी तथा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री लगायतले निरीक्षण गरेका छन् ।
प्रहरी अस्पतालकी प्रमुख एआईजी डा आशा सिंहले खोप लगाएर सुरुवात गरेकी हुन् ।
खोप केन्द्रमा नेपाल प्रहरी अस्पताल महाराजगंजमा कार्यरत १ सय जनालाई खोप लगाइएको सो अस्पतालले जनाएको छ ।
साथै उक्त केन्द्रबाट स्वास्थ्य सेवासँग सम्बन्धित अन्य १८ वटा संघसंस्थाका ३ हजार ७ सय ३५ जनालाई क्रमबद्ध रुपमा खोप लगाउने कार्यक्रम रहेको नेपाल प्रहरी अस्पतालले जनाएको छ ।
अन्य प्रहरीले भने तत्काल खोप नपाउने भएका छन् । दोस्रो चरणमा मात्र प्रहरी तथा कर्मचारीलाई खोप लगाउने तयारी छ । भारतले अनुदान दिएको १० लाख डोज खोप पहिलो चरणमा लगाउन लागिएको हो । जून चार लाख ३० हजारलाई पुग्ने बताइएको छ ।