Logo
Logo

नेप्सेमा सामान्य करेक्सन, १७ अंकले बजार उकालो लाग्दा ८ अर्बको कारोवार


- दृष्टि संवाददाता

504
Shares

काठमाडौं, १४ माघ । साताको चौथो करोबार दिन सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । बजार परिसूचक नेप्से बुधबार १८ दशमलव ७६ अंकले बढ्दा २ हजार ४ सय ४१ दशमलव ८५ अंकमा बन्द भएको छ । जुन अंक हालसम्मकै उच्च हो ।

सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ८६ अंकले घटेर ४ सय ४६ दशमलव ३८ विन्दुमा झरेको छ । मंगलबार रू ८ अर्ब २७ करेड ९६ लाख ४ हजार बरावरको शेयर खरीदविक्री भएको थियो । बुधबारको कारेबारको दिन रू ८ अर्ब ६ करोड २ लाख ३८ हजार बराबरको शेयर कारोबार भएको हो । मंगलबारको तुलनामा भने कारोबार रकम घटेको हो ।

यस दिनको कारोबार २ सय ८ ओटा कम्पनीको ५९ हजार १ सय ५१ पटकको व्यापारमा भएको हो । उक्त रकम बराबरको १ करोड ५२ लाख ८९ हजार २५९ कित्ता शेयर कारोबार भएको छ । बैंकिङ १०, होटल २४, विकास बैंक ६, जलविद्युत ४, फाइनान्स ६ र उत्पादन ३३ र अन्य समूह २ अंकले घटेका छन् । ०००

प्रतिक्रिया दिनुहोस्