Logo
Logo

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान


- दृष्टि संवाददाता

441
Shares

काठमाडौं, १५ माघ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तराईका भू-भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ र बाँकी भू-भागमा मौसम सामान्यतय सफा रहेको छ । तराईका भू-भागहरुमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनसमेत मौसम पूर्वानुमान महाशाखाको अनुरोध छ ।

महाशाखाका अनुसार बिहीबार प्रदेश न. १ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । शुक्रबार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश न. १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका १ वा २ स्थानहरुमा हल्का हिमापातको संभावना रहेको छ। शनिबार प्रदेश न. १ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्