Logo
Logo

जनसहभागिता बढाउँदै आन्दोलन सशक्त बनाउने नेकपा प्रचण्ड-माधव समूहको तयारी


- दृष्टि संवाददाता

252
Shares

काठमाडौं, १५ माघ । नेकपा प्रचण्ड–नेपाल समूहको केन्द्रीय संघर्ष समितिले आन्दोलनका कार्यक्रमहरुको समिक्षा गरेको छ । आज पेरिसडाँडामा बसेको संघर्ष समितिको बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल उपस्थित छन् ।

बैठकले अहिलेसम्मको आन्दोलनको समिक्षा गर्नुका साथै भावि रणनीतिबारे पनि निष्कर्ष निकाल्ने भएको छ । संघर्ष समितिका संयोजक तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले अबका आन्दोलनका कार्यक्रममा जनसहभागिता बढाउने बताए ।

उनले भने, ‘अब बढीभन्दा बढी जनसहभागिता बढाउँदै आन्दोलनलाई थप सशक्त बनाउन हाम्रो ध्यान केन्द्रित रहनेछ ।’ संयोजक श्रेष्ठले अन्या राजनीतिक दल, नागरिक समाजसँग पनि संयुक्त आन्दोलनका लागि थप छलफल गर्ने तयारी रहेको जानकारी दिए ।

यो समूहले देशैभर विरोधसभा तथा आन्दोलनका कार्यक्रमहरु गर्दै आएको छ । यता माइतीघरमा साताब्यापी धर्ना पनि जारी राखिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा विभाजित बनेको छ । प्रधानमन्त्रीको कदमको विरोधमा बहुमत नेकपा सदस्यहरु आन्दोलनमा छन् ।

प्रतिक्रिया दिनुहोस्