काठमाडौं, १५ माघ । संघीयता र गणतन्त्रमाथि खतरा बढेको नेकपा क्रान्तिकारीले काठमाडौंमा कार्टुन प्रदर्शन गरेको छ ।
बिहीबार क्रान्तिकारीले काठमाडौंको रत्नपार्कस्थित शान्तिवाटिकामा विभिन्न समयमा पत्रपत्रिका र अनलाइनमा प्रकाशित भएका चर्चित कार्टुनहरु प्रदर्शनी राखेर विरोध जनाएको हो ।
‘संघीयता, लोकतन्त्र र गणतन्त्र स्थापनाका लागि संघर्ष गरौँ’ भन्दै कार्टुन देखाएर क्रान्तिकारीले प्रदर्शन गरेको थियो ।
संसदीय व्यवास्थाको खारेजीको माग गर्दै प्रदर्शन गरेको हो । उनीहरुले संसदीय व्यवस्था नै खारेजी गर्नुपर्ने माग गरेका छन् । सो पार्टीले संघीय जनगणतन्त्र स्थापनाको माग गरेको छ ।