वुटबल, १५ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको घाँटी रेट्ने काम गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले आरोप लगाएका छन् ।
प्रधानमन्त्री ओलीको असंवैधानिक कदमविरुद्ध नेकपाले बुटवलमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधानको घाँटी रेट्ने प्रयत्न भएको बताएका हुन ।
ओलीको यस्तो कदम अब धेरै नटिक्ने भन्दै अध्यक्ष प्रचण्डले भने– ‘संविधानको घाँटी रेटेर हत्या गर्ने, लोकतन्त्रको हत्या गर्ने निरंकुशता र स्वेच्छाचारी ओलीलाई चुट्कीको भरमा अन्त्य गर्ने हुनेछ । श्री ३ बन्ने ओलीको चाहनालाई समाप्त पारेर बाँकी दुई वर्षभित्र देशलाई समृद्ध बनाउने छौं ।’
आफैले प्रस्ताव गरेर अध्यक्ष बनाएको र आफैले समर्थन गरेर प्रधानमन्त्री गरेको स्मरण गर्दै प्रचण्डले अहिले ओली सामन्ती निरंकुशताको एजेन्ट बनेको देख्दा दुर्भाग्य लागेको बताए ।