काठमाडौं, १५ माघ । ज्योति विकास बैंकको साधारणसभाले १० प्रतिशत बोनस सेयर पारित गरेको छ । बुधबार बैंकका सञ्चालक समितिका अध्यक्ष हरिचन्द्र खड्काको सभापतित्वमा भएको साधारणसभाले १० प्रतिशत बोनस दिने प्रस्ताव पारित गरेको हो ।
कोरोना भाइरस महामारीको जोखिम कायमै रहेकाले बैंकले भर्चुअल प्रविधिमार्फत सेयरधनीहरुलाई साधराणसभामा सहभागी गराएको हो ।
साधारणसभाले बैंकको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार सेयरधनीहरुलाई हाल कायम भएको चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । बैंकले १० प्रतिशत बोनश सेयर पारित गरेपश्चात् बैंकको चुक्ता पुँजी ३ अर्ब ८४ करोड ४८ लाख २३ हजार पुगेको छ ।
साथै, साधारणसभाले ज्योति विकास बैंक लि. संस्थापक सेयरधनी समुहको तर्फबाट हरि प्रसाद ,हरिचन्द्र खड्का, सन्तोष अधिकारी तथा सर्वसाधारण सेयरधनी समुहको तर्फबाट नरेश राज आचार्य र ध्रुव कोइरालालाई आगामी ४ वर्षको लागि सञ्चालक समितिको सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको छ ।