Logo
Logo

शेयर कारोबार रकममा रेकर्ड, एकै दिन करिब १० अर्बको किनबेच


- दृष्टि संवाददाता

819
Shares

काठमाडौं, १५ माघ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा हालसम्मकै उच्च कारोवार भएको छ । बजार घट्ने संकेत देखिएपछि नाफा बुक गर्नेहरु हाबी भएसँगै कारोबार रकममा भने रेकर्ड बनेको हो ।

बिहीबार हालसम्मकै उच्च ९ अर्ब ९० करोड रुपैयाँको सेयर किनबेच भएको छ । यसअघि सर्वाधिक कारोबार रकम ९ अर्ब ३७ करोड रुपैयाँ थियो । बजारले उच्च विन्दु कायम गरिरहदाँ लगानीकर्ताहरुले पछिल्लो समय अल्पकालिन नाफा बुक गर्न थालेको देखिन्छ । जसका कारण बजारमा सामान्य करेक्सन दोहोरिरहेको छ ।

तर, नेप्से परिसूचक भने १६ दशमलव ५५ अंकले घटेको छ । नेप्से घटेपछि २ हजार ४ सय २५ दशमलव २९ विन्दुमा झरेको छ । त्यसैगरी, सेन्सेटिभ इन्डेक्स भने ४ दशमलव ३२ अंक घटेर ४ सय ४२ दशमलव ०६ विन्दुमा बन्द भएको छ ।

बुधबार सर्किट लेभलमा बढेको कम्पनीको मूल्य बिहीबार २ दशमलव ५७ प्रतिशत घटेको हो । बिहीबार निर्जीवन बीमा समूहको परिसूचक सर्वाधिक ३ दशमलव ३८ प्रतिशतले बढेको छ । यो दिन उत्पादन तथा प्रशोधनको २ दशमलव ८२ प्रतिशत र लघुवित्तको २ दशमलव १४ प्रतिशतले परिसूचक बढेको छ भने बाँकी समूहको घटेको छ ।

यस अघिको कारोबारमा २ करोडभन्दा कम कित्तामात्र शेयर कारोबार भएको थियो । कारोबार रकममा सर्वाधिक हिस्सा भने नेपाल लाइफ इन्स्योरेन्सलेनै ओगटेको छ । उक्त कम्पनीको रू ५७ करोड ६८ लाख ९१ हजार बराबरको शेयर कारोबार भएको हो । ७१ कम्पनीको मूल्य बढ्दा ५ कम्पनीको मूल्य स्थिर छ । बाँकी सबै कम्पनीको सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया दिनुहोस्