Logo
Logo

नियुक्ति र हाजिरी नदिएकाे भन्दै कमर्चारीले बुझाए संघीय मन्त्रालयलाई ज्ञापन पत्र


- दृष्टि संवाददाता

504
Shares

काठमाडौं, १५ माघ । स्थानीय सेवामा कार्यरत कर्मचारीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई ज्ञापन पत्र बुझाएका छन् । आफुहरुलाई नियुक्ति र हाजिरी नै नदिएको र नगराएको भन्दै उनीहरूले आज मन्त्रालय पुगेर ज्ञापन पत्र बुझाएका हुन् ।
मन्त्रालयका सचिव एकनारायण अर्याललाई ज्ञापन बुझाउदै उनीहरुले आफुहरुलाई नियुक्ति र हाजिरी नदिएको, कार्य सिलसिलाको क्रममा अवान्चित दवावका साथै भौतिक आक्रमण गरिएको, संघ, प्रदेश र स्थानीय तहका कर्मचारीबीच पेशागत तथा सेवागत विभेद गरिएको गुनासो गरेका हुन् ।

त्यस्तै उनीहरुले सरुवा अध्ययन, तालिम भ्रमण जस्ता बिषयमा पनि बिभेदपूर्ण अवस्था रहेको बताएका छन् । राज्य व्यवस्था समितिले पारित गरेको संघीय निजामती सेवा बिधेयकको प्रतिवेदन प्रति पनि उनीहरूको आपत्ति छ । ज्ञापन पत्र बुझ्दै मन्त्रालयका सचिव अर्यालले कर्मचारीको माग प्रति सकारात्मक रहेको र केहि बिषयमा सम्बोधनको प्रयास भइरहेको बताए ।

कर्मचारीहरूले नियुक्ती हाजिरी तथा जिम्मेवारीका विषयमा सबै स्थानीय तहलाई स्पष्ट निर्देशन दिनुपर्ने जनाएका छन् । त्यस्तै कानूनमा छुटेका विषयका बारेमा पनि कर्मचारीले मन्त्रालयलाई अवगत गराएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्