Logo
Logo

सुरु भयो माधव नारायण मेला


- दृष्टि संवाददाता

0
Shares

काठमाडौं, १५ माघ । भक्तपुरमा आज (बिहीबार)बाट माधव नारायण मेला सुरु भएको छ । साँखुमा माधव नारायण मेला शुरु हुने दिन नै भक्तपुरमा पनि नारायण मेला सुरु हुन्छ ।

बिहानै देखि माधव नारायणको दर्शनको लागि भक्तजनहरु हनुमानघाट पुगेका थिए । व्रतालुहरुहरुले सेतो कपडा लगाएर नदीमा स्नान गरेका थिए । एक महिनासम्म चल्ने मेलामा व्रतालुहरुसँगै माधव नारायणलाई नगर परिक्रमा गर्ने गरिन्छ । व्रतालुहरुले नदीको किनारमा सुतेर पूजाआजा गरेका छन् ।

पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुवात हुन्छ । बिहान माघ स्नान गरी मध्याह्नमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ । व्रतालुहरु एक दिनअघिदेखि निराहार व्रत बस्छन् । एक महिनासम्म उनीहरुको व्रत जारी रहन्छ ।

 

प्रतिक्रिया दिनुहोस्