Logo
Logo
दृष्टिका १० हेडलाइन्स् : अवहेलना मुद्दामा सर्वोच्चको आदेशदेखि सेयर कारोवारमा रेकर्डसम्म

दृष्टिका १० हेडलाइन्स् : अवहेलना मुद्दामा सर्वोच्चको आदेशदेखि सेयर कारोवारमा रेकर्डसम्म


- दृष्टि संवाददाता

3.6k
Shares

हेडलाइन्स्

१. प्रतिनिधिसभा विरुद्धको मुद्दामाथि इजलास भोलि पनि, विघटन गर्दा संविधानको धारा नै उल्लेख नगरेको जिकिर । प्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखविरुद्धको अवहेलना मुद्दामा ७ दिनभित्र स्वयं जवाफ लिएर उपस्थित हुन अदालतको आदेश ।

२. देशलाई अस्थिरतामा जानबाट जोगाउन प्रतिनिधिसभा विघटन गरेको प्रधानमन्त्री केपी शर्मा ओलीको तर्क, नेकपाभित्र सुद्धिकरण अभियान चलाएको ओलीको दावी ।

३. प्रधानमन्त्रीमा राजा बन्ने रहर जाग्दा देश अप्ठ्यारोमा पारेको नेकपा प्रचण्ड–मावध समूहका अध्यक्ष पुष्पकमल दाहालको आरोप, कुनै पनि हालतमा फाल्ने चेतावनी, जनभावना बुझ्न नसकेको माधवकुमार नेपालको दावी ।

४. निर्वाचन आयोगले छलफलका लागि बोलायो नेकपा ओली र नेकपा प्रचण्ड–माधव समूहलाई, ९० दिनको समयसीमा राखेर विवाद मिलाउन आयोग नै सक्रिय, सबै स्थानीय तहमा भने मतदाता नामावली प्रकाशन हुन थाल्यो ।

५. नेपालमा हालसम्म २८ हजार ७ सय ३२ जनाले लगाए कोरोनाविरुद्धको खोप, कसैलाई पनि साइड इफेक्ट नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भनाइ, पाँच महिनापछि पहिलोपटक मृत्यु शून्य ।

६. ट्रान्सपरेन्सी इन्टरनेसनलको करप्सन परसेप्सन इन्डेक्सको प्रतिवेदन सार्वजनिक, नेपाल चार स्थान तल झर्यो, नेपाल भ्रष्टाचार व्याप्त मुलुकको १ सय १७ औं स्थानमा, सरकारले भ्रष्टाचार रोक्न पर्याप्त पहल नगरेको निष्कर्ष ।

७. सुर्खेतमा ३७ वटा गाइ मारेको अभियोगमा दोषी ठहर गर्दै जिल्ला अदालत सुर्खेतले १० जनालाई सुनायो कैद सजायको फैसला, गौहत्यामा प्रतिवादी बनाइएका ढुवानी व्यवसायीसहित सात जनाले भने पाए सफाइ ।

८. साताको अन्तिम कारोबार दिन सेयर बजारमा हालसम्मकै उच्च कारोवार, ९ अर्ब ९० करोड रुपैयाँको सेयर किनबेच, नेप्से परिसूचक भने १६ दशमलव ५५ अंकले घट्यो ।

९. बागमतीलाई हराउँदै आर्मी प्रधानमन्त्री कप एक दिवशीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा, उपाधिका लागि एपीएफसँग भिड्ने, राष्ट्रिय महिला लिग फुटबलमा एपीएफ र वालिङ नगरपालिका विजयी ।

१०.र, डब्ल्यूएचओको टोलीद्वारा कोरोना भाइरसको उत्पत्तिबारे ‘फिल्ड’ जाँच सुरु, ईयु र खोप निर्माता एस्ट्राजेनेकाबीच विवाद, मागेजति खोप नदिएको आरोप, चिनियाँ कम्युनिष्ट पार्टीका नेता घुसकाण्डमा पक्राउ ।

प्रतिक्रिया दिनुहोस्