Logo
Logo

अनेरास्ववियूले अब बालुवाटार घेर्ने


- दृष्टि संवाददाता

6.1k
Shares

काठमाडौं, १६ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव पक्षका विद्यार्थीहरुले संसद विघटनको विरोधमा तेस्रो चरणको आन्दोलन तय गरेका छन् ।

अनेरास्ववियूले तेस्रो चरणको आन्दोलनमा बालुवाटार घेराउदेखि मन्त्रीहरुलाई सार्वजनिक बहिस्कार गर्नेसम्मका कार्यक्रम तय गरेको हो ।अनेरास्ववियूको रञ्जित तामाङ खेमाका विद्यार्थीहरुले तेस्रो चरणको आन्दोलन आगामी फागुन २ गतेसम्म हुने र र यो चरणमा बालुवाटार घेराउदेखि प्रतिगमनकारी मन्त्रीहरुलाई सामाजिक बहिस्कार गर्ने कार्यक्रम तय गरेको छ ।

अनेरास्ववियूले लिपुलेक, लिम्पियाधुरासहिको नयाँ नक्सा छापिएको पाठ्यपुस्तक सार्वजनिक गरी पढाउनुपर्ने मागसमेत गरेको छ ।अनेरास्ववियूले माघ २२ र २३ गते सरकारी नम्बर प्लेटका गाडी चल्न नदिने निर्णयसमेत गरेको छ ।

संसद विघटनको विरोधमा अनेरास्ववियूले पहिलो र दोस्रो चरणको आन्दोलनका क्रममा सडक बहस, बयलगाडा र्‍याली, लालटिन जुलुस, व्यंग्यात्मक कार्टुन प्रदर्शनी लगायतका कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्