Logo
Logo

नेवानि र वाणिज्य बैंकबीच कर्मचारी सरल कर्जा कार्यविधिसम्बन्धी सम्झौता


- दृष्टि संवाददाता

252
Shares

काठमाडौं । नेपाल वायुसेवा निगम र राष्ट्रिय वाणिज्य बैँक बीच कर्मचारी सरल कर्जा कार्यविधि २०७७ सम्बन्धी सम्झौतामा २०७७ माघ १५ गते हस्ताक्षर सम्पन्न भयो । निर्धारित सेवा अवधि पूरा गरेका निगमका कर्मचारीले सरल कर्जा प्राप्त गर्नसक्ने गरी उक्त सम्झौता गरिएको हो । सम्झौतामा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेल र बैँकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गरेका थिए ।

तलबी बचत खाता सञ्चालनमा रहेका र निगममा पाँच वर्ष सेवा अवधि पूरा गरेका स्थायी कर्मचारीले निगमको सिफारिसमा बिनाधितो सरल कर्जा उपभोग गर्न पाउनेछन् भने सेवा अवधि ३ वर्षभन्दा कम भएका कर्मचारीलाई कर्जा प्रवाहसम्बन्धी विधि बैंकले तोकेबमोजिम हुनेछ ।

निमगको सिफारिसमा सरल कर्जा रु १५ लाखसम्मको हुनेछ । सरल कर्जा सुविधा उपभोग गर्ने कर्मचारीले सेवा अवधि बाँकी छँदै राजिनामा गरेमा वा कुनै कारण सेवामा बहाल रहन अयोग्य भई सेवाबाट हटेमा बैंकलाई बुझाउन बाँकी रकम निगमका तर्फबाट निजले पाउने जुनसुकै रकमबाट कट्टा गरी बैंकलाई उपलब्ध गराइने छ । कर्जाको व्याजदर हाललाई आधारदर ५.७४ प्रतिशतमा २ प्रतिशत प्रिमियम थप गरी ७.७४ प्रतिशत रहनेछ ।

 

प्रतिक्रिया दिनुहोस्