काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआइबिएल एस क्यापिटल लिले आफ्ना ग्राहक वर्गको सुविधालाई ध्यानमा राखी २०७७ माघ १५ बाट विद्युतीय प्रणालीमार्फत डिम्याट खाता साथै मेरो शेयर दर्ता सेवा सुरु गरेको छ ।
लगानीकर्ता तथा अन्य सरोकारवालाहरुको सल्लाह एवं सुझावलाई मध्यनजर गरी एनआइबिएल एस क्यापिटलले आफ्ना सेवाप्रवाहलाई झन्झहटरहित सरल एवं सहज बनाउने उद्देश्यसहित हितग्राही खाता (डिम्याट एकाउन्ट) खोल्न तथा मेरो शेयर दर्ता विधुतिय प्रणालीमार्फत गर्न सकिने व्यवस्था मिलाएको छ ।
यसअघि कम्पनीेले विद्युतीय प्रणालीमार्फत एनआइबिएल सहभागिता फण्ड (खुलामुखी योजाना एनआइबिएल म्युचुअल फण्ड) का इकाइहरु खरिद गर्न सक्ने व्यवस्था गरिसकेको छ । साथै, आफ्ना ग्राहक वर्गको सुविधालाई मध्यनजर गर्दै कम्पनीले आगामी दिनमा पनि विद्युतीय प्रणालीबाट आफ्ना सेवासुविधा उपलब्ध गराउँदै जाने जानकारी गराएको छ ।
थप जानकारीको लागी एनआइबिएल एस क्यापिटलको मुख्य कार्यालय लाजिम्पाट तथा शाखा कार्यालयहरु (पुतलिसडक, लगनखेल, वीरगन्ज, बिराटनगर, बुटवल र पोखरा) मा सम्पर्क गर्न अनुरोध गरेको छ ।