Logo
Logo

२३ लाख रुपैयाँसहित ब्राउन सुगर कारोबारी समातिए


- दृष्टि संवाददाता

756
Shares

काठमाडौं, १६ माघ ।
काठमाडौं उपत्यकामा ब्राउन सुगरको कारोबार गर्ने एक युवक २३ लाख रुपैयाँसहित पक्राउ परेका छन् । अखनयावास गाउँपालिका- ४ धादिङका ३१ वर्गीय दुर्गासिंह तामाङलाई पक्राउ गरेको हो।


उनको साथबाट २३ लाख ४० हजार रुपैयाँ र २५.५ ग्राम ब्राउनसुगर बरामद भएको लागु औषध नियन्त्रण ब्युरोले जनाएको छ।
उनी टोखा नगरपालिका(८ रमणवस्तीमा बस्ने गरेका थिए। उनी सवार बा५९प ५२३८ नम्बरको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ।

तामाङलाई लागुऔषध नियन्त्रण ऐन अन्तर्गत अनुसन्धान थालिएको ब्युरोले जनाएको छ। उनी ब्राउन सुगरका ठूला कारारेबारी भएको आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्