काठमाडौं, १६ माघ ।
निजामती सेवाका २२ उपसचिव सहसचिवमा बढुवा भएका छन् । बरिष्ठता तथा कार्यसम्पादन मूल्याङकनका आधारमा लोक सेवा आयोगले २२ उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।
बढुवा समितिले बिहीबार सिफारिस गरेपछि मन्त्रालयले शुक्रबार बढुवामा चित्त नबुझेकाले ३५ दिन भित्र उजुरी दिन सूचना पनि प्रकाशन गरेको छ । कसैले उजुरी नगरे २२ जनाकै नाम ३५ दिनपछि मन्त्रिपरिषद्मा पेश हुनेछ । मन्त्रिपरिषदबाट पारित भएपछि बढुवा हुने छ ।
लोक सेवा आयोगका अध्यक्षले तोकेको सदस्यको संयोजकत्वमा ५ सदस्यीय बढुवा समिति बनेको छ । समितिमा आयोगका अर्का एक सदस्य, मुख्यसचिव र एक जना विज्ञ सदस्य रहने व्यवस्था छ । मन्त्रालयका सचिव समितिका सदस्य सचिव हुने प्रावधान छ । सहसचिव बढुवामा दाबी गरीक एक सय ३ जनाले दरखास्त दिएका थिए ।
बढुवा सिफारिस हुनेहरु