काठमाडौं, १६ माघ ।
प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ४९ इन्सपेक्टरको डिएसपीमा बढुवाको तयारी थालेको छ । एसपी बढुवा सिफारिसमा उजुरी गर्ने अवधि सकिन लागेपछि डिएसपीमा बढुवा गर्न लागिएको हो ।
डिएसपीका ४९ रिक्त पदमा एक सय भन्दा धेरै इन्सपेक्टरहरु प्रतिस्पर्धामा छन् । जसमा धेरैजसो अघिल्लो बढुवामै छुटेकाहरु छन् ।
लगत्तै इन्सपेक्टरमा समेत बढुवाको तयारी भइरहेको छ । सइबाट इन्सपेक्टर बढुवामा सबैभन्दा धेरै सोर्सफोर्स चल्ने गर्दछ । खासगरी नेताको पिएसओ बसेका सइहरुले यस्तो चलखेल गर्दछन् ।
प्रहरी प्रधान कार्यालयले डिएसपीहरुको सरुवाको तयारी पनि थालेको छ । हाल इन्चार्ज रहेका डिएसपीहरु बढुवा हुने भएपछि रिक्त स्थानमा नयाँ इन्चार्जहरु पठाउन लागिएको छ ।