Logo
Logo

कलंकीमा खुल्यो सहुलियत तरकारी बजार


- दृष्टि संवाददाता

1.1k
Shares

काठमाडौं, १६ माघ । कलंकीमा कृषि तथा तरकारी बजार सञ्चालनमा आएको छ । स्थानीय कृषक र विदेशबाट फर्किएका युवालाई समावेश गरिएको उक्त बजारको कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले शुक्रबार उद्घाटन गरेकी हुन् । बजारमा हाल १ सय १५ वटा स्टल छन् ।


कार्यक्रममा मन्त्री अर्याले कृषि क्षेत्रमा युवाहरुको प्रवेश निकै सकारात्मक भएको बताइन्। उनले उपभोक्ता हितको लागि सहुलियत तरकारी बजारलाई सरकारले सधैं सहयोग गर्ने आश्वासन समेत दिइन्।


बजारमाा डिजिटल सेवा मार्फत भुक्तानी तिर्ने व्यवस्था समेत गरिएको छ । उपभोक्ताले तरकारीको भुक्तानी फोन पे, इ सेवा मोबाइल बैकिङमार्फत गर्न सक्ने व्यवस्था गरिएको छ ।

बजारमा केही समयभित्रै फ्री इन्टरनेट सुविधासमेत राखिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्