Logo
Logo

प्रचण्ड–नेपाल समूहले पार्टीभित्र विद्रोह गर्नु गलत : टोपबहादुर रायमाझी


- दृष्टि संवाददाता

1.1k
Shares

काठमाडौं, १६ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका स्थायी कमिटी सदस्य तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले पार्टीभित्र बिद्रोह गरेर प्रचण्ड–नेपाल समूहले गलत काम गरेको आरोप लगाएका छन् ।

शुक्रबार नेकपा अर्घाखाँची काठमाडौं सम्पर्क मञ्चले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले मुलुकलाई विकासको बाटो तर्फ अघि बढाउने लक्ष्यलाई अवरोध गरेर पार्टीभित्र बिद्रोह गर्नु गलत भएको बताएका हुन् ।

पार्टीको आन्तरिक अन्तरविरोधको कारण संसद् विघटन गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको उनले बताए । उ्नले तोकिएको समयमा निर्वाचन हुने भन्दै निर्वाचनमा जान प्रचण्ड–नेपाल पक्ष र कांग्रेस डराएको बताए ।

उनले मुलुकको सबैभन्दा राष्ट्रवादी नेता केपी ओली नै भएको दावी समेत गरे ।

प्रतिक्रिया दिनुहोस्