Logo
Logo

खोप लगाएर आउने विदेशीलाई नेपाल प्रवेश सहज : पर्यटनमन्त्री ढकाल


- दृष्टि संवाददाता

378
Shares


काठमाडौं, १६ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोभिड–१९ विरुद्धको खोप लगाएर आउने विदेशी पर्यटकलाई सहजै प्रवेश दिने तयारी गरिएको बताएका छन् ।

शुक्रबार मन्त्रालयमा आयोजित संचारकर्मीसंगको छलफलमा मन्त्री ढकालले नेपालमा पर्यटकीय गतिविधि बढाउनका लागि कोभिड–१९ विरुद्धको खोप लगाएर आउने विदेशी पर्यटकलाई सहजै प्रवेश दिने तयारी भइरहेको बताएका हुन् ।

उनले नेपाल आउने ब्यक्तिले क्वारेन्टिन बस्नुपर्ने अनिवार्य व्यवस्थालाई संशोधन गरी सहज बनाउने तयारी गरेको जानकारी समेत दिए । ७२ घण्टाभित्र पीसीआर परीक्षण गराएर आएको रिपोर्ट र नेपालमा परीक्षण गर्दा पनि पीसीआर रिपोर्ट नेगेटिभ भएकालाई आफ्नो गन्तव्यमा सजिलै जान दिने व्यवस्था गर्न प्रस्ताव सिसिएमसीमा लगिएको समेत उनले सुनाए ।

मन्त्री ढकालले भैरहवा र पोखरा अन्तराष्ट्रिय बिमानस्थल निर्माणको कार्यले तिव्रता लिएको समेत जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्