Logo
Logo

प्रधानसेनापति थापा र अमेरिकी राजदूतबीच भेटवार्ता


- दृष्टि संवाददाता

567
Shares

काठमाडौं, १६ माघ । प्रधानसेनापति पूर्णचन्द्र थापा र अमेरिकी राजदूत र्‍याण्डी बेरीबीच भेटवार्ता भएको छ । सैनिक मुख्यालयमा शुक्रबार शिष्टाचार भेटघाट भएको हो । भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जनाइएको छ ।

अमेरिकी राष्ट्रपतिमा जो बाइडेनको सपथसँगै राजदूत बेरीले राजनीतिक दलका शीर्ष नेताहरुलाई समेत भेटका थिए । भेटमा उनले राष्ट्रपति बाइडेनका नितिहरको बारेमा जानकारी दिँदै आएका छन ।

सेनाले यस किसिमको नियमित भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्धत पुग्ने विश्वास लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्