Logo
Logo

दिल्लीस्थित इजरायलको दुतावास नजिकै बम विस्फोट


- दृष्टि संवाददाता

504
Shares

एजेन्सी, १६ माघ । दिल्लीस्थित इजरायलको दुतावास नजिकै बम विस्फोट भएको छ । शुक्रबार साँझ दूतावास नजिकै बम विस्फोट भएको हो । विस्फोटबाट ५ वटा कारमा नोक्सान पुगेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

घटनामा कोही पनि घाइते भएको खबर नआएको बताइएको छ । अहिले प्रहरीको टोली घटनास्थल पुगेको छ भने हवाई देखि सरकारी भवनको गस्ती पनि गरिरहेको छ । विस्फोट भएको स्थानबाट इजरायलको दुतावास १ सय ५० मिटरको दूरीमा छ ।

 

भारत र इजरायलबीच कुटनीतिक सम्बन्ध स्थापना भएको २९ वर्ष पूरा भएको उत्सव मनाइरहेको बेलामा यो विस्फोट भएको हो । उता, इजरायलले भने भारतमा आतंकवादी हमला भएको दावी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्