Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : ओली–प्रचण्डको आरोप प्रत्यारोपदेखि ४६ हजारले कोरोनाविरुद्धको खोप लगाएसम्म


- दृष्टि संवाददाता

882
Shares

हेडलाइन्स्

१. प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा लगातार १३ दिन देखि बहस जारी, आइतबार पनि हुने, संविधानको धारा ७६ र धारा १ सय सँगै जोडेर हेर्न कानून व्यवसायीको आग्रह ।

२. माघ १८ पछि छलफल गराउन निर्वाचन आयोगलाई नेकपा प्रचण्ड–माधव समूहको आग्रह, तोकिएको मितिमा चुनाव गराउन ओली समूहको आयोगलाई दबाब, कुनै समूहलाई आधिकारिकता नदिएको आयोगको प्रष्टीकरण ।

३. हार्ने डरले नेकपा प्रचण्ड–माधव समूह निर्वाचनसँग तर्सिएको प्रधानमन्त्री केपी शर्मा ओलीको आरोप, देशलाई सांसद ‘किनबेचको थलो’ बनाउन खोज्नेलाई जनताले सजाय दिने प्रधानमन्त्रीको दावी, माघ २३ गते जनप्रदर्शनको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन ।

४. प्रतिनिधिसभाको बैठक बोलाउने नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहालको चेतावनी, आफूमाथि ओलीले अत्याचार गरेको आरोप, एक महिनाभित्र ओलीलाई हटाउने दावी ।

५. देशभर हालसम्म ४६ हजारले लगाए कोरोना भाइरसविरुद्धको खोप, बागमती प्रदेशमा सबैभन्दा बढी १५ हजार ६ सय ४१ जनाले लगाए, बाँकेमा कोरोना संक्रमणबाट सिनियर अनमीको मृत्यु ।

६. सरकारले ११ महिनापछि भारत र चीनसँग सीमा जोडिएका ३० वटा नाका खोल्योे, नेपाल छिर्ने भारतीयले स्वीकृति लिनुपर्ने ब्यवस्था, नेपालीले आवश्यक रेकर्ड राखेर स्वास्थ्य परीक्षणपछि मात्र आउन पाउने ।

७. दैनिक उपभोग्य खाद्य वस्तुहरुको मूल्यमा उतारचढाव, चामल किलोमै १० रुपैयाँ बढ्यो, धेरै तरकारीको भाउ यथावत ।

८. विश्व अर्थतन्त्र ५ दशमलव ५ प्रतिशतले बढ्ने इन्टरनेशनल मनिटरी फण्ड (आइएमएफ)को प्रक्षेपण, चीनको आर्थिक वृद्धिदर ८ प्रतिशत हुने, भीसीटीएस नमान्ने १९ कम्पनी राजश्व विभागको कारबाहीमा, २४ लाख जरिवाना, एउटैले १० लाखसम्म तिर्यो ।

९. प्रधानमन्त्री कप एकदिवशीय पुरुष क्रिकेटको फाइनल भोलि, उपाधिका लागि आर्मी र एपीएफ भिड्दै, राष्ट्रिय महिला लिगमा शर्मिला र रश्मीको ह्याट्रिकमा आर्मीको जीत ।

१०. र, दिल्लीस्थित इजरायलको दुतावास नजिकै बम विस्फोट, ५ कारमा क्षति, आतंकवादी हमला भएको इजरायलको दावी, चीनद्वारा हङकङवासीको बेलायत पासपोर्टलाई आधिकारिक कागजात नमान्ने घोषणा , अमेरिकी राष्ट्रपति बाइडेन प्रशासन ५० प्रतिशत काम घरबाटै गर्दै ।

प्रतिक्रिया दिनुहोस्