Logo
Logo

एसईई परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन मन्त्री पोखरेलको निर्देशन


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौँ । शिक्षा, बिज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन निर्देशन दिनुभएको छ । आज मन्त्रालयमा परीक्षाको तयारीका सन्दर्भमा बिभिन्न सरोकारवाला निकायसँगको छलफलमा मन्त्री पोखरेलले प्रश्नपत्र तयारी र छपाइ, परीक्षा केन्द्रको अवस्था र आवश्यक सुरक्षाको तयारीका सन्दर्भमा चासो व्यक्त गर्नुभएको थियो ।

परीक्षा भयरहित र व्यवस्थित हुनुपर्ने बताउँदैं मन्त्री पोखररेलले प्रश्नपत्र तयारी गर्दा र परीक्षा केन्द्र तोक्दा बिषेश ध्यान दिनुपर्ने बताए । बैंठकमा प्रश्नपत्र छपाई कार्यस्थल व्यवस्थापन तथा अनुगमन समिति गठन गर्ने, सुरक्षाकर्मी खटाउने र प्रश्नपत्र ढुवानी तथा भण्डारण समन्वय गर्ने सम्बन्धमा छलफल भएको छ ।
यस वर्ष कुल १९६१ वटा परीक्षा केन्द्र कायम गरिएको शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले जानकारी दिए । उनले यस बर्ष प्रदेशगतरुपमा अनिवार्य ६ बिषयको समानान्तर सेटबाट परीक्षा सञ्चालन गर्ने तयारी गरिएको बताए । बरालले उत्तरपुस्तिका परीक्षणका लागि करीव ६२ वटा उपपरीक्षण केन्द्र कायम गर्ने पनि जानकारी दिए । एसर्ईई परीक्षा चैत १० गतेदेखि शुरु हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्