Logo
Logo

चिनियाँसहित चार कम्पनीलाई सरकारले राख्यो कालोसूचीमा (सुचनासहित)


- दृष्टि संवाददाता

1.5k
Shares

काठमाडौं, १७ माघ । चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरुलाई एक वर्षसम्मका लागि सरकारले कालो सूचीमा राखेको छ । सुजन कडेल मुख्य व्यक्ति रहेको श्रृगेश्वर ट्रेड इन्टरनेशनल काठमाडौं, रविन्द्र गौतम र प्रदीप बुढाथोकीको आर एण्ड जी बिल्डर्स काभ्रे र राजेश कुमार श्रेष्ठको सान्यो इन्टरनेशनल प्राइभेट लिमिटेड पुतलीसडकलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको हो ।

यस्तै सार्वजनिक खरिद अनुगमन कार्यालयले जियाङ्गसु जिआलोङ्ग इन्जिनियरिङ कन्सट्रक्सन चाइना (जेजेईसीसीएल) पप्पु कन्सट्रक्सन तीनकुने–कोशी एण्ड न्यौपाने निर्माण सेवा नयाँबानेश्वरलाई पनि कालोसूचीमा राखेको छ ।

कालो सूचीमा परेका निर्माण व्यवसाय तथा आपूर्तिकर्ताहरुले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्