Logo
Logo

निर्वाचन कार्यतालिका स्वीकृतिपछि दल दर्ता पहिलो प्राथमकिता : आयोग


- दृष्टि संवाददाता

504
Shares

 

काठमाडौं, १७ माघ । निर्वाचन आयोगले निर्वाचन कार्यक्रम कार्यतालिका, निर्वाचन आचारसंहिताको घोषणा र राजनीतिक दल दर्ता कार्यक्रमको तयारी गरेको जनाएको छ ।
आयोगका अनुुसार, निर्वाचन आचारसंहिताको मस्यौदा तर्जुमा भएको छ भने निर्वाचन कार्यक्रम कार्यातालिका बन्ने क्रममा छ । निर्वाचन कार्यक्रम कार्यतालिका स्वीकृत भएसँगै आगामी निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ताको ढोका खुुल्ने जनाएको छ ।
निर्वाचन आचारसंहिताबारे राजनीतिक दलसँग आयोगले परामर्श गर्न भने बाँकी छ । दलसँगको छलफल र परामर्शपछि आचारसंहिता स्वीकृत गरेपछि कार्यान्वयनमा ल्याइने आयोगका प्रवक्ता राजकुुमार श्रेष्ठले जानकारी दिए । निर्वाचन कार्यक्रम कार्यातालिका पनि अहिले तर्जुमाकै क्रम अर्थात् मस्यौदा बन्दै गरेको अवस्थामा छ ।
निर्वाचन कार्यतालिका स्वीकृत भएपछि शुुरुमै निर्वाचनमा भाग लिने राजनीतिक दलको पहिचान र निर्धारण गरिने भएको छ । आयोगले आगामी वैशाख १७ र २७ गतेका लागि घोषणा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई निश्चित समय दिएर दल दर्ताका लागि आह्वान गर्नेछ ।
प्रवक्ता श्रेष्ठ भने, ‘राजनीतिक दल दर्ता भएपछि मात्र अरु गतिविधि अघि बढ्ने भएकाले शुुरुकै कार्यक्रमअन्तर्गत दल दर्ता पर्छ । त्यो अब छिट्टै गर्नुुपर्ने अवस्था छ ।’ उनका अनुसार प्रतिनिधिसभा विघटन र निर्वाचनका सम्बन्धमा सर्वाेच्च अदालतमा मुुद्दा परेको र उक्त मुुद्दामाथिको वहस पैरवी जारी रहेकोमा निर्वाचनका लागि तोकिएको मिति क्रमशः साँघुरिदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्