काठमाडौं, १७ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना भाइरसको खोप ३ महिनाभित्र सबै नागरिकलाई पुर्याउने बताएका छन् ।
शनिवार लुम्बिनी प्रादेशिक अस्पतालको अनुगमन गर्न बुटवल पुगेका स्वास्थ्य मन्त्री त्रिपाठीले कोरोना भाइरसको खोप पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी हुर्दै ३ महिनाभित्र सबै नागरिकलाई पुर्याउने बताए ।
मन्त्री त्रिपाठीले प्रादेशिक अस्पतालका डाक्टरहरुलाई कर्णाली प्रदेशले समेत कारोना भाइरसको खोप लगाइसक्दा लुम्बिनी प्रादेशिक अस्पताल भने पछि पर्नुको कारणबारे जानकारी लिएका थिए ।
त्यस्तै उनले भौगोलिक हिसाबले पनि सुलभ मानिने ठाउँमा ढिलाई हुनु दुर्भाग्यपूर्ण भएको बताए ।
मन्त्री त्रिपाठीले सरकारले कोरोना भाइरसको खोप सबै जनतालाई पुर्याउने लक्ष्य लिएको तर जिल्ला अस्पतालहरुमा समेत यो समस्या देखा पर्नुमा व्यवस्थापनमा थप चुनौति भएको बताए ।