काठमाडौं, १७ माघ । वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले सर्वोच्च अदालतले संविधानअनुसार नै प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा फैसला गर्ने विश्वास व्यक्त गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै भट्टराईले सर्वोच्च अदालतबाट विश्व जगतलाई नै आश्चर्यमा पार्नेगरि बलपूर्वक व्याख्या नहुने बरु सरल र सहज व्याख्या हुनेछ भन्ने आफ्नो विश्वास रहेको धारणा राखे । उनले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको फैसला आगामी फागुन १२ गतेदेखि फागुन १५ गतेसम्म आउने पनि बताए ।
अधिवक्ता भट्टराईले गत पुष १८ पछिको नेपालको शासन सञ्चालनलाई अनिर्वाचित सत्ताद्धारा भैरहेको शासनको संज्ञा समेत दिएका छन् । वैशाख १७ र वैशाख २७ गतेको निर्वाचन गर्नको लागि घोषणा नगरिएको उनको धारणा रहेको छ ।