जनकपुरधाम, २७ माघ । सेवाग्राहीसँग घुस लिएको आरोपमा नेपाल विद्युत प्राधिकरणका चारजना कर्मचारी पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई शुक्रबार साँझ धनुषाको मिथिला नगरपालिकाबाट ५ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा नेपाल विद्युत प्राधिकरण सखुवा वितरण केन्द्र महेन्द्रनगर अन्तर्गत ढल्केबर फ्युज सेवामा कार्यरत सुपरभाइजर जगतनारायण साह, इलेक्ट्रिसियन यमकुमार महतो, ज्यालादारी प्राविधिक नवलकिशोर राउत र दोस्रो तहका करार कर्मचारी मनोहरकुमार महतो छन् ।
उनिहरुलाई मिथिला नगरपालिका५ स्थित रन्जितकुमार महतोको पोल्ट्री फार्ममा नयाँ मिटर जडानका लागि ५ हजार रुपैयाँ घुस लिने क्रममा पक्राउ गरिएको अख्तियारले जनाएको छ । उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ ।