Logo
Logo

ओली नेतृत्वको सरकारलाई ‘श्री पाँच सरकार’ भनेर मन्त्रीले सम्बोधन गरेपछि…


- दृष्टि संवाददाता

16.3k
Shares

काठमाडौं, १७ माघ । खानेपानी मन्त्री मणिचन्द्र थापाले प्रधानमन्त्री केपी शर्मा ओलीे सरकारलाई ‘श्री पाँच सरकार’ भनेर सम्बोधन गरेका छन् । प्रधानमन्त्री ओलीलाई श्री ३ महाराज बन्ने सपना देखेको आरोप लागिरहको बेला मन्त्री थापाले ओली नेतृत्वको सरकारलाई ‘श्री पाँच सरकार’ भनेर सम्बोेधन गरेका हुन् ।

कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेत वीरेन्द्रनगर पुगेको मन्त्री थापाले सम्बोधनको क्रममा ओली नेतृत्वको सरकारलाई ‘श्री पाँच सरकार’ भनेर सम्बोधन गरेका छन् । उनले ‘सुर्खोतका आदरणिय जनसमुदयाहरू म सबैलाई नेकपा स्थायी कमिटिको तर्फबाट र श्री पाँचको सरकारको तर्फबाट’ भनेर सम्बोधन सुरुवात गरेका छन् ।

शनिबार नेपाल सरकारका खानेपानीमन्त्री मणिचन्द्र थापा, स्वास्थ्य राज्यमन्त्री नवराज रावतले भेरी नदीको पानी पम्पिङ स्थलगत अवलोकन गरेका थिए । अवालेकन पश्चात थापाले एक सभालाई सम्बाेधन गर्दै ओली नेतृत्वको सरकारलाई ‘श्री पाँच सरकार’ भनेर सम्बोधन गरेका थिए ।

सम्बाेधनकाे क्रममा थापाले उपत्यकाको खानेपानी समस्या समाधानका लागि मन्त्रालयमै वृहत छलफल गरिने बताए । त्यसका लागि सबै सरोकारवालाहरुलाई काठमाडौँ बोलाइने र निष्कर्षमा पुगिने उनले बताए । उनले भने ,‘काम कुनै हालतमा पनि रोकिदैन् ।’ संघीय सरकारको आयोजना भएकाले सबै तह सँगको सहकार्यमा आयोजनाको काम अघि बढाइने थापाले बताए ।

मन्त्री थापाकाे उक्त सम्बाेधनकाे भिडियाे सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उनकाे तिव्र आलोचना सुरु भएको छ । मन्त्री थापालाई कसैले ‘गणतन्त्र भुलेको’ आरोप लगाएका छन् भने कसैले ‘साँच्चै श्री ५ सँगै तालमेल गरेर संविधानको ‘कू’’ गरेको बताइरहका छन् ।

प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि प्रचण्ड-माधव समूहका ७ जना मन्त्रीहरुले सामूहिक राजीनामा दिएपछि रिक्त रहेको खानेपानी मन्त्रीमा नेता थापालाई नियुक्त भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्