काठमाडौं, १८ माघ । नेपाली कांग्रेसका नेता तथा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले उल्टाइदिनेमा आफू विस्वस्त रहेको बताएका छन् । ंशनिबार कांग्रेस झापा–काठमाडौ सम्पर्क समिति क्षेत्र न.३ ले आयोजना गरेको भेटघाट कार्यक्रम बोल्दै उनले प्रधानमन्त्रीको कदम असंधानिक रहेको बताउँदै यस्तो बताएका हुन् ।
नेता सिटौलाले संवैधानिक अधिकार नै नभइकन प्रधानमन्त्री केपी शर्मा ओलीले ससद विघटन गरेको बताउदै भने, ‘यसलाई सर्बोच्च अदालतले उल्टाइदिनेमा म बिस्वस्त छु ।’ उनले सरकारको सबै कामहरुलाई संसदले सहयोग गर्दै आइरहेकामा प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट सरकारलाई असहयोग भएकाले बिघटन गरिएको भन्नु सरासर झुठ भएको बताए । उनले चुनाव गर्ने चाहनाले संसद विघटन गरेको नभई जनतामा निरासा पैदा गराइ अहिलेको ब्यबस्थालाई अन्ततोगत्वा असफल देखाउन प्रधानमन्त्री ओली लागिपरेको आरोप लगाए ।
काठमाडौंको डिल्लीबजारस्थित सास्कृतिक संघ भवनमा आयोजित कार्यक्रममा झापा क्षेत्र न.३ बाट काठमाडौंमा आइ बसोबास गर्ने, नेपाली कांग्रेसमा आस्था राख्ने मानिसहरुको बाक्लो उपस्थिति थियो । कार्यक्रममा नेता सिटौलाका अलावा कांग्रेस युवा नेता एबं नेबिसंघका पूर्वमहामन्त्री कुन्दनराज काफ्लेलगायत अन्य जिल्लाको सम्पर्क समितिका अध्यक्षहरु, विभिन्न भ्रातृ संगठनका व्यक्तित्वहरुको उपस्थिति थियो ।