Logo
Logo

मन्त्री थापाले मागे माफी


- दृष्टि संवाददाता

756
Shares

काठमाडौं, १८ माघ । शनिबार मन्तव्यका क्रममा ‘श्री ५ को सरकार’ भनेकामा खानेपानीमन्त्री मणिचन्द्र थापाले माफी मागेका छन् । शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित नेकपाको ओली पक्षको भेलालाई सम्बोधन गर्ने क्रममा उनले ‘श्री ५ को सरकारको तर्फबाट’ भनेका थिए । उनको उक्त भनाइको चौतफी आलोचना भएपछि आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले माफी मागेका हुन् ।
मन्त्री थापाले नेपाल सरकार भन्नु पर्नेमा अन्यथा भएको भन्दै माफी मागेका छन् । ‘जो यहाँ आशिन हुनुहुन्छ, सुर्खेतका आदरणीय जनसमुदायहरू म सबैलाई नेकपा स्थायी समितिको तर्फबाट र श्री ५ को सरकारको तर्फबाट यो कार्यक्रममा’ भनेका थिए । लगत्तै कार्यक्रम सञ्चालकले गल्ती बोलेको संकेत गरेपछि उनले ‘ए, सरी नेपाल सरकारको तर्फबाट म तपाईंहरूलाई स्वागत गर्न चाहान्छु’ भनेका थिए ।
उनले आइतबार आफ्नो फेसबुक एकाउन्टमा लेखेका छन्, ‘शनिबार नेपाल कम्युनिष्ट पार्टीले सुर्खेतमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा नेपाल सरकार भन्नुपर्नेमा भूलवश अन्यथा भएको र त्यसलाई मैले तत्कालै सच्याएको यहाँहरू जानकार नै हुनुहुन्छ । आमनेपाली नागरिक, मेरो शुभचिन्तक र नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामा त्यसबारे कुनै दुविधा नराखिदिनुहुन अनुरोध गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्