काठमाडौं, १८ माद्द । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालसहिका शीर्ष नेताहरु अहिले संसद विघटनको विरोधमा माइतीघरमा जारी धर्नामा सहभागी भएका छन् ।
धर्नामा नारायणकाजी श्रेष्ठ, अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल लगायतका नेताहरु पनि उपस्थित भएका छन् । नेकपाका प्रचण्ड-माधव समूहले संसद विघटन असंवैधानिक भएको भन्दै यही माघ १४ गतेदेखि माइतीघरमा धर्ना दिँदै आएको छ । धर्नामा प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेशसभा र संविधानसभाका सदस्यहरु सहभागी भएका छन् ।