काठमाडौं, १८ माघ । नेपाली सेनाले १९ माघको राति बख्तरबन्द गाडीसहित काठमाडौंको चक्रपथ चक्कर लगाउने भएको छ । सैनिक जनसम्पर्क निर्देशनलायका अनुसार १९ माघमा हुने यो नियमित अभ्यास हो ।
त्यस्तै ८ वटै पृतनाअन्तर्गतका मेकनाइज्ड युनिटहरूबाट २१ माघमा देशका विभिन्न स्थानमा बख्तरबन्द गाडीहरुको अभ्यास गर्ने योजना रहेको पनि निर्देशनालयले जनाएको छ ।
निर्देशनलायका अनुसार नियमित अभ्यास भएकाले ‘सर्वसाधारणलाई अनावश्यक त्रास नहोस्’ भनेर सूचना जारी गरिएको हो । नेपाली सेनाले आवश्यकताअनुसार समय–समयमा यस्तो अभ्यास गर्दै आएको छ ।